कोभिडमा पनि लगानीकर्ताको आकर्षण,१७ अर्व विदेशी लगानी प्रतिवद्धता

कठमाडौं–कोभिडको कारण अर्थतन्त्रमा असर पुगेर उत्पादित वस्तुले बजार नपाइरहेका बेला नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ ।

विश्वभर कोरोनाले असर पारेर अधिकांश मुलुकको आर्थिक वृद्धिदर संकुचन भैरहेका बेला नेपालमा विदेशी लगानीकर्ता लगानी गर्न आकर्षित देखिएका छन् ।

लामो समयको लकडाउन पछि बजार खुलेर सामान्य अवस्थातर्फ उन्मुख हुँदैछ । चालु आर्थिक वर्षको पहिलो साढे चार महिनामा १९ अर्व ३ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धतासहित विभिन्न विदेशी कम्पनीले अनुमति लिएका छन् ।

कोभिडको कारण निजी क्षेत्र त्रसित भएको अवस्थामा पोहोरको तुलनामा लगानी प्रतिवद्धता करिब दुई अर्ब रुपैयाँले बढेको छ । पोहोर सोही अवधिमा १७ अर्व २९ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।

लगानीकर्ताले उद्योग, कृषि, सेवा क्षेत्र, म्यानुफ्याक्चरिङ उद्योग, आइटी लगायतका उद्योगमार्फत लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । विदेशी लगानीकर्ता मात्र नभएर स्वदेशी लगानीकर्ताले ६३ अर्व ५० करोड रुपैयाँ बराबरको स्वदेशी लगानी स्वीकृत लिएको उद्योग विभागले जनाएको छ । स्वदेशी लगानीमा धेरै जलविद्युत्मा रहेको छ ।

प्रतिक्रिया