ढकाल प्यानलका केन्द्रीय सदस्यद्वारा उम्मेदवारी दर्ता,को को छन् सदस्य ?

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा नेतृत्वका आकांक्षीले धमाधम उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल प्यानलका सदस्यले मंगलबार उम्मेदवारी दर्ता गरेका हुन् ।

ढकाल प्यानलबाट महासंघको विधान अनुसार जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको सदस्यमा जिल्ला नगरतर्फबाट केन्द्रीय सदसस्यमा अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियाले उम्मेदवारी दर्ता गराएका छन् । वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, एशोसिएटतर्फ अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीले उम्मेदवारी दर्ता गराएको महासंघको निर्वाचन समितिले जनाएको छ । उद्योग वाणिज्य संघको निर्वाचन आगामि मंसिर ११ देखि १३ गते काठमाडौंमा आयोजना गरिएको छ । ढकाल समूहमा वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला तथा नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइ रहेका छन् । वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी किशोर प्रधानको समूहले सोमबार उम्मेदवारी दर्ता गरेका थिए ।

प्रतिक्रिया