काँग्रेस सांसद सुर्यबहादुर केसीको निधन

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका सदस्य तथा काँग्रेस केन्द्रिीय सदस्य सुर्यबहादुर केसीको सोमवार राति निधन भएको छ ।

उच्च रक्तचाप र मधुमेहको समस्या रहेका उनको पोखराको आफ्नै निवासमा ६३ बर्षको उमेरमा निधन भएको हो । दक्षिण एसियामा चाउचाउ उत्पदान गर्ने पहिलो ब्यवसायिको रुपमा उनलाई चिनिने गरेको थियो । पोखराबाट उत्पादन हुन निकै लोकप्रिय चाउचाउ राराको मालिक समेत हुन उनी ।

राजनीतिक जीवनको लामो समय उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताए । उनी पोखराको पूर्वप्रधानपञ्च पनि हुन् । प्रधानमन्त्री ओलीले समेत केसीको निधन प्रति दुख ब्यक्त गर्नुभएको छ । उहाँले आफनो सामाजिक सञ्जाल मार्फत उहाँको निधनमा दुख ब्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया