के गरिब भोकै मर्नु त ?

काठमाण्डौ महानगरपालिकाले खुल्ला मञ्चमा वितरण गरिने खाना बाड्न बन्द गरेसँगै सामाजिक सञ्जालहरुमा चर्को आलोचना सूरु भएको छ ।

भोकले एक छाक खान पनि नपाएकाहरुलाई आफैले खाना खुवाउनुको साटो अरुले खाना दिँदा पनि असयोग गर्नु अमानविय भएको अभियन्तहरुले जनाएका छन ।

खाना खुवाउदा फोहोर भएको साथै संक्रमणको जोखिम समेत बढेको भन्दै नगर प्रहरी प्रयोग गरि महानगरले सो अभियान केहि दिन पहिलेबाट रोकेको छ । तर अभियन्ताहरुले भने आफुहरुले सके सम्म खाना खुवाउने ठाँउमा सफल समेत गरेको बताएका छन ।

हन्ड्रेड ग्रुपले खुलामञ्चमा बिहान ९ बजे र साँझ ४ बजे खाना खुवाउँछ भने पशुपतिमा साढे १२ बजे । यसका लागि समूहका झन्डै २० जना स्वयंसेवक खटिन्छन् । उनीहरुले विपन्न र आफै खान नसक्नेहरुलाई लकडाउनको समय देखि निशुल्क खाना वितरण गर्दै आइरहेका छन ।

प्रतिक्रिया