महासंघमा किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको समूहले उम्मेदवारी दर्ता गरेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा प्रधान प्यानलबाट जिल्ला नगर तर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फ उपाध्यक्षमा अन्जन श्रेष्ठ, एशोसिएटतर्फ उपाध्यक्षमा सौरभ ज्योतीले उम्मेवारी दिएका हुन् ।

आगामि मंसिर ११देखि१३ गतेसम्म काठमाडौंमा हुने महासंघको ५४औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।
वरिष्ठ उपाध्यक्षमा यस अघि नै चन्द्र प्रसाद ढकाल नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले यस अघि नै उम्मेदवारी दर्ता गरेका थिए । महासंघको विधान अनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुन्छन् । अहिले वरिष्ठ उपाध्यक्षमा विजयी अर्को कार्यकालमा स्वत अध्यक्ष हुनेछन् ।

प्रतिक्रिया