शेयर बजारबाट पैसा कमाउने तरिका


काठमाडौं–सबैलाई पैसा कमाउन मनपर्छ । अहिले सबैभन्दा चाडो शेयर बजारबाट धेरै पैसा कमाउन सकिन्छ भन्ने आम मानिसको धारणा बनेको छ । केहि मानिसहरुलाई एक उदाहरण लिएर उनीहरु केवल थोरै रुपैयाँको लगानीबाट शुरू गरेर करोडापति भएका छन् । बास्तवमा आज उनीहरु शेयर बजारबाट करोडौं रुपैयाँ कमाइरहेका छन् पनि ।  आखिर उनको सफलताको रहस्य के हो ?

वास्तवमा,  सजिलो सुझावहरुको पालन गरेर शेयर बजारबाट पैसा कमाउन  सक्नुहुन्छ । शेयर बजारमा केहि चीजहरुको ख्याल राखेर एक हजारबाट करोडपति  बन्न सक्नुहुन्छ । तर, प्राय मानिसहरु पैसा बनाउने दौडमा बजारमा रहेका जोखिम बिर्सन्छन् वा अन्यथा उनीहरु जानीजानी यसलाई बेवास्ता गर्छन् ।  र त्यसपछि उनीहरु गुनासो गर्छन् शेयर बजारबाट एक ठूलो घाटा भयो यो त जुवा घर रहेछ । 

यो पनि एक कटु सत्य हो ९० प्रतिशत भन्दा धेरै साना लगानीकर्ताले शेयर बजारबाट ठूलो फाइदा निकाल्न सक्दैनन । साना लगानीकर्ताले शेयर बजारमा प्रवेश गर्नु अघि यो बजारको तथ्यांकलाई ध्यानमा राख्नुपर्छ र अध्ययन गर्नपर्छ । तर, यसमा एउटा राम्रो कुरा पनि छ शेयर बजारका १० प्रतिशत साना  लगानीकर्ताहरुले पैसा कमाउन सफल छन्। किनभने उनीहरु नियम पालना गर्छन् ।
 
१. कसरी शुरु गर्ने लगानी  
शेयर बजारमा लगानी गर्नु अघि जान्नको लागी शेयर बजार के हो ? यो बजारमा कसरी कारोबार हुन्छ केका आधारमा लगानी गरिन्छ भन्ने जान्न कोसिस गर्नुहो ।  कसरी शेयर बजारबाट मानिसहरु कमाउँछ जस्तो विषयलाई ध्यानदिएर अध्ययन गर्नुहोस ।  किनकि शेयर बजारमा पैसा छाप्ने मेसिन हुदैन  । अहिलेको डिजिटल जमानामा घरमा बसेर यो सबै अनलाइनकै माध्यमबाट जानकारी लिनसकिन्छ ।  यस बाहेक शेयर बजारसँग सम्बन्धीत जानकार वा विशेषज्ञको मद्दत लिन सक्नुहुन्छ । जुन शेयर बजारमा प्रवेश गर्न पहिला नै बजारको बारेमा तपाईंलाई सहि मार्गदर्शन हुनेछ ।

२. एक सानो रकमबाट लगानी शुरू गर्नुहोस
 यो जरूरी छैन कि शेयर बजारमा लगानी गर्नको लागी एक ठूलो रकम हुनु पर्छ। धेरै मानिसहरु यहि गल्ती गर्छन् । उनीहरु आफ्नो सम्पूर्ण बचतप शेयर बजारमा लगानी गर्छन् । तब उनीहरु बजारमा उतार उतार चढाव सहन सक्दैनन् । 

३. बजारका मुख्य कम्पनीहरु छान्नुहोस
 शुरुमा बजारमा तत्कालै उच्च प्रतिफलमा ध्यान केन्द्रित गर्नबाट बच्नुहोस ।  किनभने उच्च रिटर्नको खोजीमा, मानिसहरु ती कम्पनीहरु, स्टकहरुमा पैसा लगानी गर्छन् । जो बास्तवमा बलियो हुँदैनन र ती कम्पनीको लगानी फस्न सक्छन । त्यसैले ठूलो क्याप भएका कम्पनीहरुमा लगानी गर्नुहोस । जो फण्डामेन्टली बलिया हुन । यस्ता कम्पनीमा विस्तारै लगानी गर्दै बजारका बारेमा बुझ्दै गएपछि केहि समयपछि तपाईं बजारबाट तत्कालै ठूलो फाइदा दिनसक्ने कम्पनीमा लगानी गरेर रिस्क उठाउन सक्नुहुन्छ । 

 ४. निरन्तर लगानी आवश्यक 
 जब तपाईँ एक सानो रकमबाठ बजारमा प्रवेश गर्नुहुन्छ तब हरेक महिना लगानी बढाउन जरुरी हुन्छ । आफ्नो पोर्टफोलियो सन्तुलित राख्नुहोस् । जब तपाईँ लगातार केहि बर्षको लागी बजारमा लगानी गरिरहनु हुन्छ । तब तपाईँ लक्ष्य प्राप्त गर्न सक्नुहुन्छ । प्रायः जो एक लामो समयको लाभको लागी बजारमा लगानी गर्छ त्यो नै सफल हुन्छ । 

 ५.सस्तो स्क्रिप्टबाट टाढा रहनुहोस
साना लगानीकर्ताहरु प्राय सस्तो स्टकमा ध्यान केन्द्रित गर्छन । उनीहरु आफ्नो पोर्टफोलियोमा १००–२०० रुपैयाँको स्टक खरिद गर्छन् र त्यसपछि बजार गिरावटमा अत्तिन्छन । उनीहरु सोच्छन् कि सस्तो स्टकमा कम लगानी गर्दा धेरै कमाउन सकिन्छ । तर यो सोच गलत हो । सँधै कम्पनीको वृद्धि हेरेर स्टक छनौट गर्नुहोस् । उही कम्पनीमा लगानी गर्नुहोस् जसको व्यापार आम्दानी राम्रो छ र कम्पनी चलाउने व्यवस्थापन राम्रो छ ।

६ गिरावटमा नडराउनुहोस
शेयर बजारमा गिरावट वा वृद्धि आइनै रहन्छ । यस्तो वेलामा पनि आफ्नो लगानी बढाउनुहोस् । प्रायः साना लगानीकर्ताहरु लामो समयसम्म लगानी गरी रहन्छन् जबमात्र उनीहरु कमाउँछन् । तर, जसरी बजार ओरालो लाग्छ साना लगानीकर्ताहरु आतंकित हुन थाल्छन् । र त्यसपछि ठूलो घाटाको डरले सस्तोमा शेयर बेच्नुहोस् । जबकि ठूला लगानीकर्ताहरु गिरावटको बेलामा किन्नको लागी पर्खिरहेका हुन्छन् ।

७. आम्दानीको केहि हिस्सा सुरक्षित क्षेत्रमा लगानी गर्नुहोस 
 शेयर बजारबाट आएको आम्दानीलाई एक अर्को सुरक्षित लगानीको रूपमा अर्को ठाउँमा लगानी गर्नुहोस । यस बाहेक शेयर बजारबाट बीच बीचमा आफ्नो मुनाफालाई  नगदमा बदलिरहनुहोस ।  प्रत्येक साना लगानीकर्ताको लागी सबैभन्दा महत्वपूर्ण कुरा के हो भने उनीहरु शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ भने बजारको बारेमा जानकारी छैन भने यो बजारबाट टाढै बस्नुहोस । यदि बजारमा लगानी गर्दैहुनुहुन्छ भने लगानी गर्नु अघि एक विज्ञ सल्लाहकारको मद्दत लिनुहोस् । साथै बजारका ठूला लगानीकर्ताको गतिविधि र उनीहरुले खरिद गरिरहेको शेयरलाई अनुसरण गर्नुहोस् । ठूला लगानीर्ताले गरिरहेको कुराकानीलाई गम्भीरतापूर्वक लिनुहोस् । आर्थिक न्यूजबाट
 

प्रतिक्रिया