विष्णु माझीको नयाँ गीत बरबर आँसुमा किशोर खत्रीको उत्कृष्ट अभिनय

लोकप्रिय गायिक विष्णु माझीको आवाजमा नयाँ गीत बरबर आँसु भर्खर मात्र सार्वजनिक भएको छ ।

माझी र विरेन्द्र बुढाको आवाज रहेको सो गीतको लय,शब्द तथा भिडियो समेत निकै उत्कृष्ट रहेको छ । गीतलाई शक्तिराम डिसीले शब्द सिर्जना गरेका छन भने सर्जक केशव सापकोटाले लय सिर्जना गरेका छन ।

गीतमा युवा मोडल किशोर खत्रीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । उनलाई अभिनयरमा रेजिना विष्ट र महिमा गिरीको साथ रहेको छ । गीतलाई उत्कृष्ट कथा सहित सिर्जन बरालले निर्देशन गरेका छन भने जनता फिल्मसले बजार ब्यवस्थापन गरेको छ ।

गीत सार्वजनिक भए पनि आर्थिक सन्देशसँग कुरा गर्दै मोडल किशोर खत्रीले गीत हेरेर सबैबाट राम्रो प्रतिक्रिया आएको बताउनु भयो ।

प्रतिक्रिया