प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

काठमाडौं–कोरोना संक्रमित विरामीको निःशुल्क उपचार नगरे पछि सरकारको आलोचना भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मुद्दा पेस भएको छ । सर्वोच्च अदालतले नागरिकको निःशुल्क उपचार गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको हो ।

सर्वोच्चले गरेको फैसला विपरीत सरकारले निःशुल्क परीक्षण नगरेको र नागरिकको उपचार गर्नुपर्ने दायित्ववाट पछि हटेको जिकीर गरिएको छ । अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले दायर गरेको रिटमा कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेको आरोप लगाइएको छ ।

संविधानको मौलिक हकको रुपमा रहेको स्वास्थ्यको हक कार्यान्वयन नगरेकाले पनि कारबाही हुनुपर्ने माग गरिएको छ । निवेदनमा अध्ययन भइरहेको सर्वाेच्च अदालत मुद्दा महाशाखाले जनाएको छ । असोज २७ गते सर्वोच्च अदालतले कोरोना परीक्षणका क्रममा सरकारी स्वास्थ्य निकायमा कुनैपनि शुल्क नलिन सरकारका नाममा परामदेश जारी गरेको थियो ।

प्रतिक्रिया