विष्णु माझीले गायको पछिल्लो गीत जुन गीतलाई दर्शक स्रोताले अत्यधिक मन पराउनु भयो

गायिका विष्णु माझीले गायको पछिल्लो गीत तेल तुर्काउ तुरुकले छोटो समयमै पाँच लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ । गीतमा आकाश महतले आवाजमा साथ दिएका छन ।

बाग्लुङ का सर्जक याम थापाले सिर्जना गरेको सो गीतले सामाजिक सञ्जालहरुमा समेत अत्यन्तै चर्चा पाइरहेको छ भने विस्तारै दर्शक पनि बनाइरहेको छ । गीतले यो समाचार तयार पार्दाा सम्म पाँच लाख ३१ हजार भन्दा धेरै दर्शकले हेर्नु भएको छ भने गीतलाई अत्यन्तै राम्रो गीत भनेर प्रतिक्रिया समेत दिनु भएको छ ।

गीतको म्युजिक भिडियो समेत अत्यन्तै उत्कृष्ट बनाइएको छ । त्यसै कारणले पनि गीत चर्चाको शिखरमा पुगेको हो । गीत सार्वजनिक भए पछि आर्थिक सन्देशसँग कुरागर्दै थापाले आफूलाई गीत सार्वजनिक भएपछि धेरै बाट राम्रो प्रतिक्रिया आएको र आफूलाई हौसला प्रदान गरेको बताउनुभयो । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने लक्ष्मी बर्देवा र जीवन भण्डारीको अभिनय रहेको छ ।

प्रतिक्रिया