टेलिभिजन सेवा प्रदायकद्वारा शुल्क बढाउने तयारी

काठमाडौं– सरकारले विज्ञापन रहित (क्लिन फिड) लागू गरे पछि यसको बहानामा टेलिभिजन वितरण संस्थाले शुल्क बढाउने तयारी गरेका छन् । नेपालमा प्रशारण हुने विदेशी च्यानलमा क्लिन फिड कार्यान्वयनमा ल्याउँदा लागत बढेको भन्दै शुल्क बढाउनु पर्ने बताएका छन् ।

नेपाल सरकार सूचना तथा संचार प्रविधि मन्त्रालयले विज्ञापन रहित च्यालन प्रसारण गर्नु पर्ने नियम लागू गरे पछि विदेशी च्यानलमा विज्ञापन बजाउन रोकिएको छ ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अनुसार क्लिन फिडका लागि टेलिभिजन प्रसारकहरुले उपकरणमा लगानी गर्नुपर्ने भएकाले लागत बढेको हो । अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशत सम्म बृद्धि हुन सक्ने नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष धु्रव शर्माले बताए । क्लिन फिड लागू हुँदा दुवैतर्फ खर्च बढ्ने भएकाले भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउने उनको दाबी छ ।

क्लिन फिड लागू भउपछि नेपाली टेलिभिजन प्रसारकहरुले कुनैपनि विदेशी डब विज्ञापन र विदेशी भाषाको विज्ञापन बजाउन पाउँदैनन् ।

प्रतिक्रिया