काठमाडौं– टेलिभिजन प्रस्तोता रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण पुष्टी भएको छ । लामिछाने र उनकी पत्नी निकिता पौडेललाई ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण देखिएको हो । लामिछानेले आँफूलाई कोरोना लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
पिसिआर टेष्ट गर्दा संक्रमण देखिएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’