कोभिडको दीर्घ लक्षण, फेरी स्वास्थ्य संकटकाल !

काठमाडौं–कोभिड–१९को प्रकोप घटेर जनजीवन सामान्यतर्फ उन्मुख हुने अपेक्षा गरिएको बेला केही मुलुकमा थप जटिलता देखिएको देखिएको छ । कोभिडको दोस्रो चरणको वेभ आएको छ ।

केही कोभिडका विरामीमा लामो समय देखिने दीर्घ कोभिडको लक्षण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विविसीलगायतका सञ्चार माध्यमका अनुसार आठ जना विरामी मध्ये एक जना विरामीमा दीर्घ कोभिडको लक्षण देखिएको हो ।

दीर्घ कोभिडमा चार सातासम्म विरामी परेका छन् । किङ्स कलेजका अनुसन्धानकर्ताहरूले यस्तो पत्ता लगाएका हुन् । अनुसन्धान समूहका अगुवा प्राध्यापक टिम स्पेक्टरका अनुसार दीर्घ कोभिडबाट ग्रसित हुनेहरूका बारेमा पनि सोच्नु पर्ने बेला आएको छ । कोभिड लक्षण समूहले गरेको अध्ययनको नतिजा गम्भीर देखिएको छ ।

विविसीका अनुसार स्पेनमा कोभिड संक्रमितको संख्या १० लाख नाघेपछि कफ्र्यु र संकटकाल लगाइएको छ । स्पेनमा करिब ३५ हजार जनाको कोभिडको कारण मृत्यु भएको छ । स्पेन सरकारले आपत्काल घोषणा गर्दै रातीमा कर्फ्यु लगाउन सुरु गरेको छ । संक्रमणको दर उच्च फैलिएपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले यस्तो घोषणा गरेका हुन् ।

स्पेनमा कोरोनाको कारण शताब्दीकै सबैभन्दा खराब स्वास्थ्य सङ्कट सृजना भएको बताइएको छ । त्यहाँको सरकारले मानिसहरूलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ । कोभिडको दोस्रो लहर देखिएपछि त्यहाँको सरकारले सकर्तकता बढाएको छ ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय