बाबुराम भट्टराई दम्पत्तिलाई नै कोरोना संक्रमण

काठमाडौं–पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतिलाई नै कोरोना संक्रमण भएको पुष्टी भएको छ । स्वास्थ्य परीक्षण गर्दा दुवै जनालाई कोरोना संक्रमण भएको भट्टराईले सामािजक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।

चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहेको उनले जानकारी दिए । आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया