कौरव खत्री
बागलुङ– नेपाल स्पेन समाज कोष्टाब्लान्काद्वारा बागलुङ ढोरपाटनका बाढी पहिरो पीडितलाई राहत सामाग्रीहरु हस्तान्तरण गरिएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ का ८० बाढी पहिरो पीडित घरपरिवारलाई प्रति परिवार एक थान व्याङ्केट सिरक, एक थान ओड्ने सामग्री, सावुन,सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।
नेपाल स्पेन समाज कोष्टाब्लान्काका प्रतिनिधि तथा गलकोट नगरपालिका ३ का वडाअध्यक्ष वीरजंग भण्डारी,इन्जिनियर सुवास भण्डारी, ढोरपाटन नगरपालिका ७ का वडाअध्यक्ष दिपक थापा,नेपाली काँग्रेस वडा नं. ९ का वडा सभापति गगन पुन मगर, पूर्व गाविस अध्यक्ष शेरमान घर्ति समाजसेवी कुल बहादुर विक,समाजसेवी पदम पुन मगर, पत्रकार कौरव खत्री, मिनु विसी, लगायत स्थानीय समाजसेवी, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
नेपाल स्पेन समाज कोष्टाब्लान्काका अध्यक्ष अक्कल बोहोरोको पहलमा स्पेन कार्यरत रहेका नेपालीहरुबाट संकलित करिव दुई लाख ६१ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो । कार्यक्रम ढोरपाटन नगरपालिका ९का वडाअध्यक्ष हरि बहादुर घर्तिमगर अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने समाजसेवी ढालेन्द्र पुन मगरले गरेका थिए