प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट– गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् । प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचरसँग भेटघाट गरेको विषयमा थापाले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलसँग बिहीबार राति भेटेका थिए । कांग्रेस नेता थापाले शुक्रबार सामाजिक सञ्जालमा यो भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर टिप्पणी गरेका छन् ।

सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै थापाले सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् । प्रधानमन्त्रीको यो भेटघाट कूटनीतिक मर्यादा र प्रोटोकल विपरीत भएको परराष्ट्रविदहरुले बताउँदै आएका छन् ।

गगन थापाले सामाजिक सञ्जालमा राखेको विज्ञप्ति

प्रतिक्रिया