शाहीको मुख्यमन्त्री पद जोगियो, अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं–आफ्नै सांसदले अविस्वासको प्रस्ताव दर्ता गरे पछि धरापमा परेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको पद जोगिएको छ । शाही विरुद्धको अविश्वास प्रस्ताव नेकपा संसदीय दलले शुक्रबार बहुमतद्वारा अस्वीकृत गरेको हो ।

नेकपा संसदीय दल बैठकमा उपस्थित १८ जना संसदहरुले अविश्वासको प्रस्तावविरुद्ध मत जाहेर गरेका छन् । गत असोज २५ गते सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वासको प्रस्ताव महुमतद्वारा अस्वीकृत भएको प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् । नेकपा कर्णाली प्रदेशको संसदीय दलमा ३३ जना सांसद छन् । अविश्वासको प्रस्ताव दर्ता गराएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका यामलाल कँडेल, मीनासिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, कौशिलावती खत्री, राजु नेपाली, खड्कबहादुर खत्री र बद्मी क्वारी बोहोरा उपस्थित भएका थिएनन् ।

संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीका पक्षमा साविक माओवादी केन्द्रका १० जना र नेपाल समूहका आठ जना उपस्थित थिए ।

 

प्रतिक्रिया