हास्यकलाकार हरिवंश आचार्य र उनकी धर्मपत्नी रिमला आचार्य कोरोना मुक्त भएका छन ।
उनीहरु गत असोज २० गतेको परिक्षणमा पोजेटिभ भेटिएका थिए । संक्रमण देखिए सँगै उनीहरु होम आइसोलेसनमा बसेका थिए ।
नेगेटिभ नतिजा आए पछि आचार्यले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । साथै आचार्यले सरकारले तोकेका सबै नियमको कडाइका साथ पालना गरे कोरोनाबाट बच्न सकिने समेत बताए ।