चितवन–कोरोनाको कारण मृत्यु हुने क्रम बढिरहेको छ । बिहीवार भरतपुर अस्पतालमा कोरोना संक्रमित एक गर्भवती महिलाको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको उपचारको क्रममा मृत्युु भएको अस्पतालले जनाएको छ । ती महिलाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।
मुलुकमा बुधबार मात्र ५ हजार ७४३ जनामा कोरोना संक्रमण भएको थियो । अहिलेसम्म संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । अहिले मुलुकभर ४४ हजार ४७६ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जुन दिन परीक्षणको संख्या घटेको छ, त्यो दिन संक्रमितको संख्या पनि घटेको देखिएको छ र जुन दिन परीक्षण नमुना बढ्छ, त्यो दिन संक्रमितको संख्या पनि बढेको छ ।