वैदेशिक व्यापारमा आशाका संकेत

काठमाडौं–कोभिड–१९ले अर्थतन्त्र थला परेको बेला वैदेशिक व्यापारमा भने केही सुधार देखिएको छ । कोभिडको कारण निर्यात व्यापार ठप्प जस्तै भएको अवस्थामा पछिल्ला महिना केही सकरात्मक सुधार भएर आशाका संकेत देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको प्रतिवेदन अनुसार भदौसम्म आयात २२.१ प्रतिशतले घटेको छ भने निर्यात १० प्रतिशतले बढेको छ ।
दुई महिनामा एक खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात साढे १० प्रतिशतले बढेर २० खर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा राम्रो नभए पनि अघिल्ला महिनाको तुलनामा सुधार भएको हो ।

पोहोर करिब २६ प्रतिशतले निर्यात बढेको थियो । आयुर्वेदिक औषधि, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको भन्सार विभागले जनाएको छ ।

आयात घटेको छ । नेपालीको क्रयशक्ति गुमेकाले आयात घटेको हो । वैदेशिक व्यापारमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ बाहेक अन्य वस्तुको आयात घट्नुलाई सकरात्मक मानिन्छ ।

चामल, कच्चा सोयाविन तेल, दूरसञ्चार उपकरण तथा पार्टपुर्जा, खानेतेल र कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायात साधन तथा पार्टपुर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेलको आयात घटेको छ ।

प्रतिक्रिया