दशैमा मासु खाने तयारीमा रहेका तर बजार मुल्यले डराइरहेका धेरैलाई खाद्य संस्थानले ५५० रुपैयाँ प्रति केजीमा खसीको मासु उपलव्ध गराइरहेको छ ।
सरकारी स्वामित्वमा रहेको संस्थान तथा ब्यापार कम्पनी लिमिटेडले सो मुल्यमा खसी उपलव्ध गराइरहेका छन । सोमवारबाट विक्रि सुरु गरिएकोमा अत्यधिक माग भए पछि थप विक्रि गरिन लागेको संस्थानले जनाएको छ ।
बजार मुल्य भन्दा धेरै सस्तोमा खसी पाए पछि उपभोक्ता समेत निकै खुसी भएका छन । अहिले बजारमा जिउँदो खसी प्रति केसी ७ सय रुपैयाँ हाराहारीमा विक्रि भइरहेको छ ।