आफ्नो दशै भत्ता मृगौला पिडितलाई दिने मनकारी सांसद

महामारीको बेला पनि दशै भत्ता लिएको भनि सांसदहरुको चर्को आलोचना भइरहका बेला केहि मनकारी सांसदहरुले भने दशै भत्ता पिडितलाई दिएर उदाहरणीय काम गरेका छन ।

तनहुँ क्षेत्र नं १ काबाट प्रतिनिधसभा सदस्य कृष्ण कुमार श्रेष्ठले दशै भत्ता आफ्नो निर्वाचन क्षेत्रका मिगौंला पिडितलाई सहयाग गर्ने घोषणा गरेका छन । संसद सचिवायले उपलब्ध गराएको सो रकम पिडितलाइ प्रदान गर्ने घोषणा गरेका छन ।

ब्यास नगरपालिकाका विभिन्न वडाका चार पिडितलाई सो रकम सहयोग गर्ने श्रेष्ठले बताउनु भयो । उनको घोषणा अनुसार व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका–१२ का अनुप क्षेत्री र व्यास नगरपालिका–१४ का सन्तोष रानालाई रु १६,१६ हजार सहयोग गरिनेछ ।

देशमा विषम् परिस्थिति र नागरिक समस्याग्रस्त भएको अवस्थामा दशैँ खर्चबापतको रकमको औचित्यका बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मिर्गौलापीडितलाई दिने सांसद श्रेष्ठले बताए । सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपश्चात् अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहँु जिल्लाका विभिन्न सङ्घसंस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै आएको स्मरण गराउँदै उनले भविष्यमा पनि उक्त सहयोगलाई निरन्तरता दिने घोषणा गरे ।

प्रतिक्रिया