इश्वरको मैना चरि सुनेर दर्शक स्रोता खुसी,गीतलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया

लोकप्रिय गायक तथा कुशल सर्जक इश्वर सिँहको नयाँ गीत मैना चरिलाई धेरै दर्शक स्रोताहरुले अत्यधिक मन पराएका छन ।

भर्खर मात्र सार्वजनिक भएको माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा इश्वर सिँह र रचना रिमालको आवाज दिएका छन । गीतमा दुवैले अत्यन्तै न्याय गरेर गायका छन भने गीतमा शब्द लयको पाटो समेत दमदार रहेको छ । गीतलाई राम खत्रीले लेखेका हुन भने गायक इश्वर सिँहकै लय सिर्जना रहेको छ ।

गीतको म्युजिक भिडियोका पक्ष समेत उत्कृष्ट छ । गीतमा दुर्गेश थापा र निता ढुङ्गानाको अभिनय रहेको छ भने गीतलाई शिव विकले दमदार निर्देशन कलाका साथ भिडियो निर्देशन गरेका छन ।

प्रतिक्रिया