१० सचिवको सरुवा, को कहाँ ?

काठमाडौं–मन्त्री मण्डलमा विस्तार भएको केही समयमा नै सरकारले मन्त्रालयका सचिवहरुको पनि सरुवा गरेको छ । सरकारले १० जना सचिवको सरुवा गरेको हो ।

मधुसूदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा, खगराज बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, देवेन्द्र कार्की नेपाल ट्रष्टको कार्यालयमा, डा रमेशप्रसाद सिंह शहरी विकास मन्त्रालयमा, यादवप्रसाद कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयमा, सूर्यप्रसाद गौतमलाई सार्वजनिक खरीद अनुगमन कार्यालयको कार्यालयमा, रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको हो ।

प्रतिक्रिया