रविनको घडी २ लाई दर्शकले अचम्मै मन पराए

चर्चित लोकप्रिय गायक तथा सर्जक रविन लामिछानेको नयाँ गीत घडी २ ले दर्शक स्रोताको मन जित्न सफल भएको छ ।

प्रत्यक्ष दोहोरी मार्फत लोकप्रियता कमाएका गायक लामिछानेले भर्खर मात्र सार्वजनिक गरेको सो गीतलाई सामाजिक सञ्जालहरुमा धेरैले उत्कृष्ट गीत भनेर प्रतिक्रिया दिएका छन । साथै टिकटकमा समेत गीतका धेरै भिडियो बनाइएका छन ।

रविन लामिछाने र देवी घर्तिको आवाज रहेको सो गीतलाई निकै उत्कृष्ट शब्द सहित लय समेत गायक स्वयमले बनाएका छन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

अहिलेकी चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेको सो गीतमा रविन लामिछाने र जुना गुरुङको अभिनय रहेको छ ।

प्रतिक्रिया