पछिल्लो केहि दिन यता एउटा बहसले समाजिक सञ्जाल र राजनितिक बृत निकै तातेको छ । बहस होबुढीगण्डकी जलविद्युत आयोजनामा केहि ठुला नेताहरुको मिलेमोतोमा ९ अर्ब भ्रष्टाचार भएको आरोप ।
आरोप लगाउने अरु कोहि सर्वसाधारण नभएर पुर्व प्रधामन्त्री समेत रहिसकेका डा.बाबुराम भट्टराई हुन । उनको यो आरोप पछि काँग्रेसले आरोप आधार हिन भएको भन्दै छानविनको समेत माग गरेको थियो त्यस्तै नेकपाले समेत कडा प्रतिवाद गरेको थियो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा आफ्नो धारणा राख्नु भएको छ ।
उहाँले कामनै सुरु नभएको आयोजनामा भ्रष्टाचार भयो भन्नु निराधार भएको जिकिर गर्नु भयो । प्रधानमन्त्री ओलीले जनता भड्काउने उद्देश्यले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिड्नु गलत भएको बताएका छन् ।
केहि दिन अघि गोरखामा भएको एउटा कार्यक्रममा भट्टराईले नेकपा अध्यक्षद्वय ओली,प्रचण्ड तथा कांग्रेस सभापति शेर बहादुर देउवाले मिलेर ९ अर्ब रुपैयाँ खाएको र आयोजना अलपत्र पारेको आरोप लगाएका थिए ।