सानीमा जनरल इन्स्योरेन्सको शेयर बाडफाँड भएको छ । शुक्रवार कम्पनीको शेयर बाडफाँड भएको कम्पनीले जनाएका छ ।
आवेदन दिने मध्यबाट भाग्यमानी २ लाख ७३ हजार लगानी कर्ताहरुले १० कित्ताको दरले शेयर हात पारेका छन भने ५ लाख ९० हजार ५ सय ४५ जना निराश हुनु परेको छ । पछिल्लो समय शेयरमा धेरैको आकर्षण बड्न थाले पछि लगानी कर्ताहरु धेरै हुन थालेका हुन ।
कम्पनीको आइपियोको लागी ८ लाख ६६ हजार ९ सय ५ जनाको आवेदन परेको थियो । यो अहिले सम्म परेको आवेदन मध्य सबै भन्दा धेरै आवेदन हो ।
कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।
त्यस्तै, ५५ अर्थात १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।