नयाँ बजारमा ग्याँस विस्पोट,११ जना घाइते

नयाँ बजारमा एक घरमा ग्यास सिलिन्डर विस्पोट भएको छ । विस्पोटबाट ११ जना घाइते भएका छन ।

नीलकुमारीको घरमा किरियाकर्म भइरहेको ठाँउमा विस्पोट भएको प्रहरीको अनुमान छ । विहीवार ग्यास खोल्दा विस्पोट भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् भने त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको राठौरले जानकारी दए ।

सो ठाँउमा एकै पटक ४ वटा सिलिन्डर विस्पोट भएको प्रहरीले जनाएको छ । ग्यास विस्फोटपछि भएको आगलागी दमकलको सहायताले निभाइएको थियो ।

प्रतिक्रिया