जन्म दिनमै प्रेमको सांगीतक कोशेली भाइटिका सार्वजनिक

लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुको आज शुभ जन्म दिन । जन्म दिनको अवसरमा गायक सोनुलाई आर्थिक सन्देशको तर्फबाट धेरै धेरै शुभकामना ।

आफ्नो जन्म दिनको अवसरमा सापकोटाले नयाँ सांगीतिक कोशेली भाइटिका सार्वजनिक गरेका छन । आफ्नै लय तथा शब्द सिर्जना रहेको सो गीतमा चर्चित निर्देशक स्मृति तिमिल्सीनाले भिडियो निर्देशन गरेकी छन ।

प्रेम आफैले अभिनय समेत गरेको सो गीतमा अभिनयमा उनलाई आफ्नै बैनि सरिता शर्मा चापागाँइले साथ दिएकी छन ।

जन्म दिनको अवसरमा आर्थिक सन्देशसँग कुरा गर्दै सापकोटाले आफ्नो सांगितिक जिवन सफल बनाउन महत्वपुर्ण भुमिका खेल्नै सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो । साथै उहाँले आफ्नो दशैको गीतलाई जस्तो यो गीतलाई पनि सबैले माया गर्नेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

प्रतिक्रिया