साताको तेस्रो दिन शेयर दोहोरो अंकको ओरालो लागेको छ । आज मंगलवार नेप्शे ९.४२ अंकले घटेको छ । नेप्से ओरालो लागे संगै कारोवार रकम समेत घटेको छ ।
आज एक अर्व ८१ करोड भन्दा धेरै कारोवार भएको छ । यो हिजोको तुलनामा कमि कारोवार हो । आज ज्योति विकास बैकका शेयर धनिहरुले सबै भन्दा धेरै कमाए भने पञ्चकन्या माइ हाइड्रो पावर कम्पनीका शेयर धनिहरुले धेरै गुमाए ।
आज १ सय ९३ कम्पनीहरुको २८ हजार ६ सय भन्दा धेरै पटक ६७ लाख ८२ हजार भन्दा धेरै शेयरहरुको कारोवार भएको छ । आज १७ कम्पनीका शेयर धनिहरुले कमाए भने १ सय ३३ कम्पनीका शेयर धनिहरुले गुमाए ।