आफ्नो पक्षले भाग पाउने भए पछि कर्णाली प्रदेश सरकारको संकट टर्यो

कर्णाली प्रदेशमा देखिएको किचलो तत्कालको लागी साम्य हुने देखिएको छ । माधवकुमार नेपाल पक्षका सांसदहरुले मन्त्री पद पाउने गरि अहिलेलाई सहमती खोजिएको छ ।

मन्त्री परिषद पुर्नगठन हुने र आफ्नोलाई केहि मन्त्री बनाउने भए पछि माधव नेपाल समूहले अविश्वासको प्रस्तावबाट आफ्नो नाम हटाउने भएको छ । माधव समूहले तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने छन ।

नेपाल समूहका ७ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । अविश्वासको प्रस्तावमाथी छलफलको लागी बैठकसमेत बोलाईएको छ ।

प्रतिक्रिया