यस अघिका दिनमा रौनक देखाएको शेयर बजारले साताको पहिलो दिन शेयरमा दोहोरो अंकलको गिरावट भएको छ । केहि पहिला निरन्तर उकालो लागेको शेयर पछिल्लो समय पछि घड्दोक्रममा छ ।
आज नेप्सेमा १३.३७ अर्थात ०.८४ प्रतिशतको गिरावट आएको छ । नेप्सेमा गिरावट आए पनि कारोवार रकम भने औषत रहेको छ । आज १ सय ९३ कम्पनीहरुको दुई अर्व ३८ करोड भन्दा धेरेको कारोवार भएको छ । यो गत विहिवारको भन्दा केहि कम कारोवार हो ।
आइसिएफसी फाइनान्स लगायत पाँच कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेका छ भने अपि हाइड्रो पावरका शेयर सदस्यहरुले सबै भन्दा धेरै गुमाएका छन । आइतवार १ सय ९३ कम्पनीहरुको ९२ लाख भन्दा धेरै शेयहरुको ३७ हजार ३ सय २० पटक कारोवार भएको छ । आज नेपाल लाइफ इन्सुरेन्सको सबै भन्दा धेरै कारोवार भएको छ ।