यस अघिका दिनमा रौनक देखाएको शेयर बजारले साताको अन्तिम दिन विहीवार भने दोहोरो अंकलको गिरावट भएको छ ।
आज नेप्सेमा ११.३४ अर्थात ०.७१ प्रतिशतको गिरावट आएको छ । नेप्सेमा गिरावट आए पनि कारोवार रकम भने औषत रहेको छ । आज १ सय ९३ कम्पनीहरुको दुई अर्व ९० करोड भन्दा धेरेको कारोवार भएको छ ।
मल्टीप्रपोस फाइनान्स लगायत पाँच कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेका छ भने सिनर्जी पावरका शेयर सदस्यहरुले सबै भन्दा धेरै गुमाएका छन । विहिवार १ सय ९३ कम्पनीहरुको ११ करोड भन्दा धेरै शेयहरुको ४८ हजार १ सय ९९पटक कारोवार भएको छ । आज रिलायन्स इन्सुरेन्सको सबै भन्दा धेरैपटक कारोवार भएको छ ।