कोरोना कहरका विच ध्वस्त बनेको नेपाली अर्थतन्त्त अझ दयनीय बन्ने विश्वक बैंकले अनुमाना गरेको छ । विश्व बैंकले सन २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।
कोरोनका कारण नेपालको अर्थतन्त्र खराव अवस्थामा रहेकाले सन २०२० मा ०.२ प्रतिशत र सन् २०२१ मा ०.६ प्रतिशत मात्रै वृद्धिदर हासिल हुने विश्व बैंकले अनुमान गरेको हो ।
विश्व बैंकले दक्षिण एसियाली अर्थतन्त्रबारे एउटा प्रतिवेदन सार्वजनिक गर्दै यो वर्ष दक्षिण एसियाली अर्थतन्त्र हालसम्मै खराब अवस्थामा जाने प्रक्षेपण गरेको छ ।
अनौपचारिक अर्थतन्त्रलाई कोरोनाले प्रभाव पारेकोले एसियाली अर्थतन्त्रमा यो वर्ष ७।७ प्रतिशतले संकुचन आउने अनुमान विश्व बैंकले गरेको छ । तर सन् २०२१ मा भने ४।५ प्रतिशतले आर्थिक वृद्धिदर देखिने प्रक्षेपण गरेको छ ।