शान्ती श्रीको हराएको मुटु – भिडियो सहित

आर्थिक मन्दी विच नेपाली लोकदोहोरीमा धमाधम गीतहरु सार्वजनिक हुनेक्रम भने रोकिएको छैन । यसै विच करोडौ लगानीमा सयौं गीतहरु सार्वजनिक भइरहेका छन । यसले धेरैलाई रोजगारको अवसर मात्र दिएको छैन नेपाली दर्शक स्रोताहरुको लागी गीत सुन्न र हेर्न पाउने अबसर पनि दिएको छ ।

यसै विच गायिक शान्त श्री परियारको आवाजमा नयाँ गीत हराएको मुटु भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा आवाजमा परियारलाई आनन्द सिँहले साथ दिएका छन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतमा उत्कृष्ट शब्द सिर्जना राजेन्द्र विवसको रहेको छ भने लय सिर्जना सर्जक राजेन्द्र कँडेलले गरेका छन ।

विमल अधिकारी र रुपा कँडेलको अभिनय रहेको गीतलाई विक्रम चौहानले निर्देशन गरेका छन भने सुपारी म्युजिकले डिजिटल बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया