नेकपा रुपन्देहीका २२४९ कार्यकर्ताद्धारा पाटीबाट संयुक्त राजीनामाको घोषणा

नेपाल कम्यूनिष्ट पाटी (नेकपा) रुपन्देहीका २ हजार २ स य ४९ जनाले संयुक्त रुपमा राजीनामाको घोषणा गरेका छन् ।

पत्रकार सम्मेलन गरी उनिहरुले प्रदेश राजधानीको बिषयमा नेकपा रुपन्देहीको नेतृत्वमा रहेका नेताहरुले स्पष्ट अडान नलिएको भन्दै राजीनामा दिएको बताएका हुन् ।

उनिहरु नेकपा रुपन्देहीका पाटी इन्चार्जको रुपमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेकपा रुपन्देही अध्यक्ष शिवराज सुवेदीप्रति बढी आक्रोशित देखिन्थे ।

चुनावको बेला गरेको प्रदेश राजधानीको प्रतिबद्दताबाट पछि हटेको र जनताको साथ रहदारहदै पनि खुट्टा कमाएको आरोप छ ।

कार्यक्रममा बोल्दे रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चुनावमा दिएको बाचा पुरा नगरेको हुँदा पाटीमा बसिरहनुको उपयुक्त नरहेको बताए । नेकपाका नेताहरुलाई पटक पटक खुट्टा दहे बनाएर उभिनका लागि अनुरोध गर्दा समेत नेताहरुले साथ नदिएको उनको आरोप थियो । कार्यक्रमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, पूर्व अध्यक्ष मोतिलाल पाण्डे, व्यवशायी नारायण घिमीरे, एजाज आलम, माधव नेपाल, होटल तथा रेष्टुरेन्ण्ट व्यवशायी संघका अध्यक्ष समुन्द्र जिसी लगायतले बोलेका थिए ।

जिसीले नामै लिएर नेकपा संसदीय दलका प्रमुख सचेतकलाई स्वार्थमा लागेर जनताको चाहनालाई कुल्चेको आरोप लगाए । सचेतकलाई हाम्रो चेतावनी छ जिसीले भने, उहाँलाई हामी जनताभन्दा दाङ किन प्यारो भयो ?

उनिहरुले रुपन्देहीमा रहेको ३५ वटा सामाजिक संघसंस्थाका २२४९ जना पाटी सदस्यले राजीनामा दिएको जानकारी गराएको छ । त्यसमध्ये कतिपय सदस्यहरु पाटीको जिम्मेवार पदमा समेत रहेका छन् ।
रुपन्देहीका सामाजिक संघ संस्थाको सञ्जालले विगत तीन देखि राजधानी रुपन्देहीमा हुनुपर्ने माग राख्ने आन्दालन गरिरहेको छ ।

मंगलबार पनि उनिहरुले प्रदेश सभा भवन अगाडी धर्नाका कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रिया