बाग्लुङ्ग जिल्ला काठेंखोला गाउँपालिका वडा नं २ मा गत आश्विन ७ गते अबिरल बर्षाको कारण आएको भिषण पहिरोमा परि ज्यान गुमाउएका ५५ बर्षिय टेक बहादुर खातिको परिवारलाई सोवमार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
समाज सेवी होमबहादुर हमालले एक कार्यक्रमका विच पिडित परिवारलाई पोर्चुगलमा संकलीत चार लाख ९ हजार ८ सय भन्दा धेरै रकम हस्तान्तरण गर्नु भयो । रकम हस्तान्तरण पछि आर्थिक सन्देशसँग कुरा गर्दै समाजसेवी हमालले आफ्नो क्षेत्रमा भएको दुखद घटनाले आफुलाई अत्यन्तै दुखि बनाएको बताउदै सहयोगमा हातेमालो गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो । सोमवार खातीको तेर्हौ पुण्य तिथिको दिनमा मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोग संकलनका लागि पोर्चुगलमा सज्जन हमालसंगै विष्णु भण्डारी, केशव केसी, दिपक पौडेल समेतले मुख्य भुमिका निर्वाह गर्नुभएको थियो । उहाँहरुले राहात संकलन अभियानमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो ।