बाग्लुङ का सर्जक थापाको शब्द संगीतमा फरक खालको गीत मस्का

धौलागिरीमा जन्मीएर काठमाण्डौमा आइ नेपाली संगीत क्षेत्रमा सघर्ष गरिरहेका लोकप्रिय सर्जक तथा गायक याम थापाको शब्द संगीतमा नयाँ र फरक खालको गीत मस्का भर्खर मात्र सार्वजनिक भएको छ ।

मिना रिनौंला र निर आले मगरको दमदार आवाज रहेको सो गीत अहिलको युवा युवतीलाई मन छुने खालको रहेको छ । गीतमा अहिलेकी चर्चित मोडल प्रिति आले मगरेको अभिनय देख्न सकिन्छ । गीतलाई निर्देशक शंकर विसीले कलात्मक निर्देशन गरेका छन ।

गीत सार्वजनिक भए पछि आर्थिक सन्देश सँग कुरा गर्दै सर्जक थापाले विगतमा आफ्ना सिर्जना जस्तै यो सिर्जनालाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका छन भने गीत सार्वजनिक भएको केहि घण्टामै भाइरल जस्तै बनेको छ ।

प्रतिक्रिया