अर्जुन थापाको मनै रुवाउने बहिनी

सञ्चारकर्मी तथा सजर्क अर्जूृन थापाले अभिनय गरेको पछिल्लो गीत बहिनीले सबैको मन छुन सफल भएको छ । उनी र साथीहरु किसान बिसी, सुमन सेन्चुरी र बिक्रम सेन्चुरीले गित बजारमा ल्याएका हुन् ।

गितमा बिक्रम सेन्चुरी र तेजा सुनारको स्वर रहेको छ । सुमन सेन्चुरीले शव्द लेखेका छन् । गितको म्युनिक भिडियो पनि सार्वजानिक भएको छ । म्युजिक भिडियो किसान विसीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा कलाकार तथा संचारकर्मी अर्जुन थापा र पुजा पुनको मुख्य भूमिका रहेको छ । अन्य कलाकारमा भुमा विश्वकर्मा, मनिका रसाल, खुम पुन, कृष्ण सुनार, कमल पुन र दिया थापा विश्वकर्मा लगायतका कलाकारको जीवन्त अभियान रहेको छ । गितको म्युजिक भिडियो शालिजामै छाँयाकन गरिएको छ ।

गितको म्युजिक भिडियोमा गरिबीको पीडालाई छर्लङ्ग देखाउन खोजिएको छ । बुवा दिवङ्गतपछि साुहको ऋण तिर्न र परिवारमा खुशी ल्याउन सानै उमेरमा परदेश हिँड्नुपरेको एक नेपाली कथा भिडियोमा देख्न सकिन्छ । चाडपर्वतमा दाजुभाईको अभावमा खिन्न मानेर बस्नु परेकी बहिनीको पीडालाई म्युजिक भिडियोमा उतारिएको छ । बुढेसकालमा छोराको सहारामा बाँचेकी आमालाई परदेशमा छोराले पाएको दुःख सुनेपछि देवन्त त्याग गरेको दृष्य भिडियोमा देख्न सकिन्छ । प्रेमी आउने आशामा बाँचेकी प्रेमीका लामो समयसम्म पनि प्रेमी नआएपछि अर्कोको सिन्दुर पहिरिन विवश भएको बाध्यता म्युजिक भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया