एउटा परदेशी छोराको कारुणीक बेदना – प्रेमको मुटु छुने सिर्जना पिरै मात्रै पर्छ

खाना खाए साथीले किन्देर,
भाडा तिरे उसैले रिन्देर ।
यो मुटुछुने शब्द सहित धेरै नेपलाीहरुको बास्तविकता गीतमा उतारेका छन लोकप्रिय सर्जक तथा कुशल गायक प्रेम सापकोटा सोनुले आफ्नो पछिल्लो गीत पिरै मात्र पर्छ मा ।

पछिल्लो समय धेरै नेपालीहरु कोरोना महामारीका विच विदेशबाट नेपाल आउन पाएका छैनन् । त्यति मात्र होइन आफुले काम गर्ने कम्पनी बन्द भए पछि खान बस्न पनि निकै समस्या परिरहेको छ । यहि पिडा र बेदना उनले आफ्नो गीतमा उतारेका छन ।

आफैले निर्देशन गरेको सो गीतको हरेक शब्द मुटुछुने खालका छन भने प्रेमले मन छुने लय सहित मुटुछुने आवाज समेत दिएका छन । गीतलाई नेपाल र जापान गरि दुई भागमा निमार्ण गरिएको छ । प्रेमका आफ्नै आमा बुबालाई पनि गीतमा देख्न सकिन्छ भने मुख्य भुमिकामा सिसिआर पाण्डेको समेत अभिनय रहेको छ ।

गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया