भारतमा सिनेमा हल र स्कुल खोल्न अनुमति

कोरोना महामारी र लकडाउनका कारण भारतमा लामो समयदेखि बन्द सिनेमा हलहरु यही अक्टोबर १५ तारिखदेखि खुल्ने भएका छन् । भारत सरकारले अनलक ५ गाइडलाइन बनाएर सिनेमा हल, मल्टिप्लेक्स, एक्जिबिसन हल, इन्टरटेनमेन्ट पार्कलगायत अन्य सेवा खोल्ने अनुमति दिएको हो ।

गएको मार्चदेखि बन्द स्कुल पनि अक्टोबर १५ देखि नै खुल्ने भएका छन् । यसको अन्तिम निर्णय लिने जिम्मा भने सम्बन्धित प्रदेश र विद्यालयमा दिइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशत अर्थात आधा सीट खाली हुनुपर्नेछ । यसका लागि सरकारले छुट्टै निर्देशिका जारी गर्ने बताइएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हाल ६१ लाख २८ हजार २ सयभन्दा धेरै कोरोना संक्रमित छन् भने ९७ हजार ४ सय ९७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया