कोरियाबाटै विरु कार्की र रमिला गौतमको मनको मोटर

कोरोयमा कडा मेहन विच निस्केको थोरै समयलाई सर्जक तथा गायक विरु कार्कीले सांगीतक क्षेत्रको लागी लगाइरहेका छन । जहाँ भए पनि नेपाली गीत संगीतलाई निरन्तर माया गरिरहने सर्जक कार्कीको भर्खर मात्र नयाँ कोशेली मनको मोटर सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाइ उत्कृष्ट शब्द तथा सोहि अनुसारको सुमधुर लय सिर्जना सहित सार्वजनिक गरिएको सो गीतमा विरु कार्की र रमिला गौतमको आवाज रहेको छ । गायक दुवै जना कोरियामा छन ।

गीत सार्वजनिक भए पछि आर्थिक सन्देश सँग कुरा गर्दै गायक विरु कार्कीले कोरियामा बेसेर गित संगीतको काम गर्न अत्यन्तै कठिन हुन र आफुले समय मिलाएर यो क्षेत्रमा निरन्तरता दिइरहेको बताउनु भयो । साथै आफ्ना विगतका सिर्जना जस्तै यो गीतमा दर्शकको माया पाउनेमा आफु आशावादी रहेको बताउनु भयो ।

विनोद लोहोनी र निशा मगरको अभिनय रहेको सो गीतको म्युजिक भिडियोलाई शिवम पोखरेलले निर्देशन गरेका छन ।

प्रतिक्रिया