प्रदेश २ मा कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति

धनुषा । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ ।

प्रदेशमा निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न सरकारले प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको हो ।

प्रदेशस्तरीय मन्त्री परिषद्को सोमबार बसेको बैठकले प्राविधिक कर्मचारी भर्नाको स्वीकृति दिएको हो । बैठकले स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौं तहसम्मका लागि भर्ना लिन स्वीकृति दिएको छ ।

कोरोना महामारीमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै प्रदेश सरकारले स्थायी नियुक्तिको प्रक्रिया सुरु गरेको हो ।

प्रतिक्रिया