लाहुरेले झुक्काए पछि तनावमा कला लम्साल

थोरै तर गुणस्तरिय प्रस्तुती दिए सबै माझ लोकप्रिय बनिरहेकी गायिका कला लम्सालको नयाँ गीत लाहुरे आएन झुक्कायो भर्खर मात्र सार्वजनिक भएको छ ।

यो पटक पनि लम्साललाई शिव हमालले निकै उत्कृष्ट गीत बनाएका छन । गीतमा लाहुरे प्रेमीकालाई कुरेर बसेकी प्रेमीका कथालाई गीतमा उठाएको छ । कला र विमल परियारले गीतमा उत्कृष्ट आजा दिएका छन भने लम्सालले मनमोहक अभिनय समेत गरेकी छन ।

गम्भीर विष्टको कलात्मक निर्देशन रहेको सो गीतमा विष्ट र उनको टिमले उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन । बाटुली गीत मार्फत लम्सालको तीजमा समेत चर्चा चुलिएको थियो भने गीत पनि निकै लोकप्रिय बनेको थियो । अहिले पनि गीत टिकटकमा निकै लोकप्रिय बनिरहेको छ ।

कला लम्सालको आफ्नै युउटुव च्यानबाट सार्वजनिक गरिएको सो गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया