धादिङमा ट्याक्सी दुर्घटना: एकजनाको मृत्यु, ४ जना घाइते

धादिङमा ट्याक्सी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

कालुपाण्डे राजमार्गको मलेखु–धादिङबेसी सडकखण्डमा गएराति ट्याक्सी दुर्घटनामा परी एक महिलाको मृत्यु र चारजना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

काठमाडौंबाट धादिङबेसीका लागि छुटेको बा १ ज १२६२ नम्बरको ट्याक्सी राति झण्डै ८ बजे धादिङको सिद्धलेक गाउँपालिका–६ फिस्टार नजिकैको तिरतिरे धारामा दुर्घटना भएको थियो ।

दुर्घटनामा गंगाजमुना गाउँपालिका–३ की ५० वर्षीया विन्दु तामाङको मृत्यु भएको र सुत्केरीसहित अन्य चारजना घाइते भएका छन् ।

प्रतिक्रिया