स्याङजाको वालिङमा पहिरो जाँदा छ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएर बेपत्ता भएका छ जनाको शव फेला परेको छ।

स्थानीय माया परियारको घर पहिरोले पुरिँदा १० जना बेपत्ता भएका थिए। बिहीबार बिहान माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए।

तीमध्ये एक जनाको जीवितै उद्धार गरी उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको अधिकारीले बताए। प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्।

प्रतिक्रिया