दिपक कँडेलको जापानबाट आमालाई सन्देश – तिम्रो छोरो यसपाली नी परदेशमै रह्यो

जापानमा रहेर पनि निरन्तर नेपाली सागितीक क्षेत्रमा लागिरहेका कुशल सर्जक दिपक कँडेलको मुछु छुने शब्द सिर्जनामा नयाँ गीत बाटो हेरी नरौं है आमाले भर्खर मात्र सार्वजनिक भएको छ ।

महामारीका कारणले धरै नेपालीहरु महान पर्वका बेलामा पनि नेपाल आउन सक्ने अबस्था छैन । यस्तै विषयलाई समेटेर कँडेलले गीत बनाएका छन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ । गीतलाई चर्चित सर्जक गणेश अधिकारीेले लय सिर्जना गरेका छन भने लोकप्रिय गायक बद्रि पँगेनीले उत्कृष्ट अभिनय सहित आवाज समेत दिएका छन । बद्रिको लामो समय पछिको एकल गीत त्यस माथी आफ्नै अभिनय गीत समेत हो यो ।

क्रान्ति केसीको निर्देशन रहेको सो गीतको बजार ब्यवस्थापन दीपिका म्युजिक प्रा.लिले गरेको छ भने गीत हेर्ने सबैले गीतलाई उत्कृष्ट गीत भएको प्रतिक्रिया दिएका छन । गीतको सार्वजनिक भए पछि कँडेलले आर्थिक सन्देश सँग कुरा गर्दै आफ्नो लगायत धेरै नेपालीको बास्तविकतालाई गीतमा उठान खोजेको प्रतिक्रिया दिनु भयो ।

प्रतिक्रिया