• गृहपृष्ठ /
  • Breaking News ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार

आन्तरिक उडानको भाडा नबढने, जहाजका सबै सिटमा यात्रु राख्न सक्ने

असोज ५ गतेदेखि आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्ने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै असोज ५ बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ ।

यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए ।

तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको बताइएको छ । मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ ।

हवाई यात्रा गर्दा तत्काल भाडा भने नबढ्ने भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो ।

तर, वायुसेवा कम्पनीले भने भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने अडान राखेका थिए । सोहीअनुसार साविकको तुलनामा हवाई भाडा बढी नहुने वायुसेवा संचालक संघले जनाएको छ ।

प्रतिक्रिया