नेप्सेको इतिहासमा पहिलो पटक एकै दिन एउटै कम्पनीको पहिला सकारात्मक र नकरात्मक सर्किट

कारोवारको पहिलो दिन नेप्सेको इतिहासमा संभवतः एउटै कम्पनीको पहिला सकारात्मक र नकारात्मक सर्किट लागेको छ । लिबर्टी इनर्जीको पहिला सकारात्मक र पछि नकारात्मक सर्किट लागेको छ ।

कारोबार खुलेको १० मिनेट नबित्दै पोजेटिभ सर्किट लागेको कम्पनीको शेयर बिक्रीकर्ताको चाप बढेपछि फेरी नेगेटिभ सर्किट लागेको हो।

प्रतिकित्ता ३०० रुपैयाँ कारोबार खुलेको शेयरमूल्य १० प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको थियो भने १० प्रतिशतले नै घटेर २७० रुपैयाँमा झरेको छ।

कम्पनीको शेयरमा बिक्रीकर्ताको उच्च चाप देखिएको छ भने खरिदकर्ता भने शून्य छन्। अहिले करिब ९ हजार ५०० कित्ता शेयर बिक्रीको आदेश छ।

प्रतिक्रिया