• गृहपृष्ठ /
  • Breaking News ,
  • पूर्वाधार/यातायात ,
  • फोटो फिचर ,
  • मुख्य खबर

यस्तो छ नयाँ रेलको भित्री तथा बाहिरी डिजाइन (तस्बिरहरु)

नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि नेपाल सरकारले २ सेट रेल तथा ४ सेट इन्जिन किनेको छ । लामो समयदेखि बन्द रहेको नेपालको रेल सेवा पुनः सञ्चालनका लागि किनिएको रेल आज नेपाल आइपुग्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो चुनावअघि रेल चलाउने बताएसँगै नेपालमा रेलको चर्चा फेरि सुरु भएको थियो । यसअघि चलेर पनि बन्द रहेको रेल सेवा सुरु हुनलाग्दा नेपाल आउने रेल कस्तो छ भनेर जनमानसमा कौतुहलता रहेको छ ।

नेपाल आउँदै गरेको रेलको बाहिरी तथा बोगीहरुको डिजाइन आकर्षक ढंगले गरिएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा बोगीको भित्री डिजाइन आकर्षक रहेको देखिएको छ ।

एक अर्ब लागतमा नेपाल आउँदै गरेको रेलको सेट भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको हो । जसको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडमार्फत भएको हो ।

प्रतिक्रिया