लोकप्रिय सर्जक शिव हमालले सिर्जना गरेको यो बर्षको दशै विशेष गीत सार्वजनिक,दर्शकले भने उत्कृष्ट

सयौं गीतमा उत्कृष्ट कलम चलाउने धेरैले अग्रज मान्ने लोकप्रिय सर्जक शिव हमालले सिर्जना गरेको यो बर्षको दशै विशेष गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्ना हरेक सिर्जना उत्कृष्ट र अरु भन्दा फरक गर्ने हमालले यो पटक पनि त्यो उत्कृष्टतालाई निरन्तरता दिएका छन । दशै तिहार आँउदा गाँउ घर रमाइलो हुने परदेशी देशमा आँउदा रमाइलो हुने कुरालाई गीतले उठाएको छ ।

गीतमा विमल परियार र सावित्रा परियारले आवाज दिएका छन । गीतलाई विक्रम चौहानले निर्देशन गरेका छन भने शिव हमाल,रिना केसी,कृष्ण रेउले लगायतका कलाकाहरुले अभिनय गरेका छन । गीतलाई शिव हमालको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया